उपमहानगरमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा



असार १७

images233
दोस्रो चरणमा निर्वाचन भएका सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार केही ठाउामा एमाले र केही ठाउँमा कांग्रेस अगाडी देखिएको छ । एमालेले रुपन्देहीको बुटबल उपमहानगर तथा दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाका ३ स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । बुटवलबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार शिवराज सुवेदी अगाडी नैछन् । माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले ३ सय मतले पछि छन् । नेपालगञ्जमा राप्रपाका धवल शमसेर राणा अगाडी देखिनु भएको छ । कांग्रेस एमालेको उम्मेदवार भन्दा दोब्बर फरक छ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले पनि ४ सय मतले अगाडी छन् । यस्तै घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले ३ सय २४ मतले कांग्रेसका प्रमुख भुपबहादुर डाँगी भन्दा अगाडी छन् । सुनसरीको धरान उपमहानगरपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट प्रमुखमा तिलक राईले एमालेका तारा सुब्बा भन्दा ३ सय १५ मतले अगाडी छन् । माओवादीका आइन्द्रविक्रम नेम्वाङले निकै तल छन् । इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रोहितकुमार प्रसाईले एमालेका द्वारिकालाल चौधरीलाई पछि पारेका छन् । धनगढी उपमहानगरपालिकामा अहिले मतगणना रोकिएको छ । विवादका कारण मतगणना रोकिएकाले छलफल भइरहेको जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्