मिडिया संग सहकार्य गर्ने जरुरी छ-उपाध्यक्ष पोखरेल



लमही १९ जेष्ठ .प्रिया स्मृती गजमेर
नेपाल प्रेस युनियन दाङ क्षेत्र न १ को आयोजनामा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बनभोज तथा भेटघाट कार्यक्रमका सम्योजक किरण बिक्रम शाहको सभापतित्व एबम नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । पार्टीले कुनै पनि कार्यक्रमको आयोजना गर्दा प्रेस युनियनका पत्रकारहरु सङ समन्वय नगरि कार्यक्रम गर्ने गरेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले संगठन बलियो बनाउन प्रेस युनियनलाई आत्मसाथ गर्नै पर्ने बताएका थिए । त्यस्तै नेपाली काङ्रेस क्षेत्र न १ का क्षेत्रिय सभापती भेषराज पाण्डेले पार्टीले हार ब्यहोर्नुका खास कारण पत्ता नलगाइ कसैलाई आरोप लगाउनु जाहेज नभएको उल्लेख गरेका थिए । नेपाली काङ्रेस महासमिती सदस्य जानकीलाल बस्नेतले नेतृत्व पन्क्तिका कारण चुनाब हार्नु परेको बताएका थिए ।

दोष जति कार्यकर्तालाई लगाएर नेतृत्व पन्छिन खोजेको बस्नेतको भनाई छ । हिजका दिनमा कसले कहा गल्ति गरियो त्यो गल्तिको आत्मालोचना गर्न सक्नु पर्ने उनको भनाई थियो । कार्यक्रमलाई लमही नगर पालिकाका उपप्रमुख देबका बेल्बासे, राजपुर गाउपलिकाका अध्यक्ष लोकराज केसी, महिला संघ केन्द्रिय सदस्य एबम जिल्ला सदस्य गिरिजादेबी न्यौपाने, नेपाल प्रेस युनियनका सस्थापक सुदिप गौतम, केपि घिमिरे, पुर्ब महासमिति सदस्य मधु न्यौपाने, अनुप कुमार थापा, महासमिती सदस्य कर्ण बहादुर बुढाथोकी ,लमही नगर पालिका वडा न ७ का वडा अध्यक्ष मोहन गिरी, वडा न ४ का वडा अध्यक्ष सुबाश न्यौपाने लगायतले सम्बोधन गर्नु भएको थियो ।

रेडियो देउखुरीका स्टेशन म्यानेजर शिबराज खनालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्