बालविवाह तथा बालश्रम सम्बन्धी अभिमुुखीकरण



निरला अर्याल गैरे
दाङ , जेठ १९ । तुुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा बालश्रम तथा बालविवाह न्यूूनीकरण सम्बन्धी एक दिने अभिमुुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तुुलसीपुुर उपमहानगरपालिका वडा नं १३ वडा कार्यालयको आयोजना तथा राप्ती बहिरा संघ तुुलसीपुुरको समन्वयममा कार्यक्रम सम्पन्न भएको हो । जनप्रतिनिधी, बालक्लव, विद्यालय, अभिभावक तथा सरोकारवालाहरुलाइ बालअधिकार, बालविवाह, बालश्रम तथा यसले बालबालिकाको जीवनमा पार्ने नकारात्मक असरहरुको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको वडाका कार्यवाहक अध्यक्ष विनोद पाण्डेले जानकारी दिनुुभयो ।

कार्यक्रमका प्रमुुख अतिथी समेत रहनुुभएको पाण्डेले १३ नं वडालाइ बालमैत्री वडा बनाउनको लागी सर्वप्रथम बालविवाह र बालश्रम हुुन नहुुने भनाइ राख्नुुभयो । बाल अधिकार समबन्धी महासन्धी, बालअधिकारका क्षेत्र, बालश्रम , बालविवाह तथा प्रहरी कार्यालयमा आउने बालबालिका सम्बन्धी घट्नाको बारेमा जानकारी गराइएको थियो । विशेष गरेर विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाइ लक्षित गरी यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका समन्वयकर्ता तथा राप्ती वहिरा संघ को निर्देशक प्रतिमा शर्माले बताउनुुभयो ।

उक्त कार्यक्रममा जनप्रतिनिधी, बालबलिका,शिक्षक,अभिभावक, स्थानीय वुुद्धिजीवि लगाएतकाको सहभागीता रहेको थियो । प्रशिक्षकमा पत्रकार तथा बालअधिकारकर्मी निरला अर्याल गैरे र इलाका प्रहरी कार्यालय तुुलसीपुुरका प्रहरी प्रमुुख प्रकाश सापकोटाले प्रशिक्षण दिनुुभएको थियो । वडा नं १३ का बाल संरक्षण तथा सम्वद्र्धन समितीका संयोजक तथा जनप्रतिनिधी कमला नेपालीको अधयक्षतामा भएको कार्यक्रममा जनज्योती मावी रनियापुुरका शिक्षक कासीराम खड्काले बालबालिकाको अधिकार सुुनिश्चित गराउनको लागी पाठ्यक्रमा नै विषयवस्तुु राख्नुुपर्ने धारणा राख्नुुभयो ।

वडा सदस्य कमला केसीको स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रमको सहजीकरण अधिकारकर्मी देवा डाँगीले गर्नुुभएको थियो । कार्यक्रममा १ सय १५ जना को सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्