अग्नी पीडित लाई राहात



सैघाली खबर
दाङ , १९ जेठ । घोराही ग्याँस उपसमितिले अग्नी पीडितलाई राहात वितरण गरेको छ । गत जेठ ७ ग्याँस चुलो खरावीका कारण आगलागी भएको लुम्वीनी खाजा घर उक्त राहात वितरण गरिएको हो । खाजा घर सञ्चालक ईश्वर बेल्वासेलाई ग्याँस उपसमितिले नगद र जेन्सी सामाग्री प्रदान गरेको छ । जेन्सी ग्याँस चुलो , सिलिण्डर, रेगुुलेटर र नगद ३२ हजार ८५ रुपैयाँ गरी ३८ हजार २ सय ३५ रुपैयाँ बराबरको राहात वितरण गरिएको हो ।

घोराही ग्याँस उपसमितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपाकिला वडा नं. १५ का वडा अध्यक्ष रमेश कुुमार पाण्डेको प्रमुख आतिथ्यतामा राहात वितरण गरिएको हो । राहात वितरण गर्दै वडा अध्यक्ष पाण्डेले ग्याँस अति संवेदनशिल वस्तु रहेकाले निकै सर्तकताका साथ त्यसको उपभोग गर्नुपर्ने बताउनुभयो ।

भने अन्य अतिथि एंव ग्याँस व्यवसायीहरुले ग्याँस भण्डार क्षेत्र निर्धारण गरिनुपर्ने माग गरेका थिए । जसले गर्दा ग्याँसको जोखिम वाट बजार लाई बचाउन सकिने भनाई राखेका थिए । कार्यक्रममा वडा नं. १४ महिला सदस्य नैना चौधरी , वडा नं. १५ का सदस्य दिलिप कुमार डिसी र नेपाल पत्रकार महासंघका दाङका अध्यक्ष सविन प्रियासन लगायतका सहभागीता रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण ग्याँस उपसमितिका सचिव यादव श्रेष्ठले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्