शैक्षिक सुधार राज्य उदासिन



सैघाली खबर
दाङ , १९ जेठ । नेपाल शिक्षक संघ दाङको २९ औं स्थापना दिवस तथा २० औं जिल्ला प्रतिनिधिसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता तथा नेपाली काँग्रेसका दाङका सभापति कीर्ति वहादुर खड्का प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको होे ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर सुधार अति आवश्यक रहेका बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक स्तरका सुधारमा राज्यले लगाी लगाउन नसक्दा सामुदायिक विद्यालयको गुणस्तर वर्षेनी खस्कीदै गईरहेकाले राज्यले लगानी सुधार गरी गुणस्तर निर्माण गर्नुतर्फ अग्रसर हुुनुपर्ने उहाँले बताउनुभयो । जसका लागि राज्यले लगानीलाई फराकिलो बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । नेपालको विकास र समृद्धिका लागि अव व्यावहारिक शिक्षा विकास आवश्यक रहेको उहाँले बताउनुभयो । जसका लागि प्राविधिक विश्वविद्यालय निर्माण गरिदै लैजानु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमर वहादुर खड्काले राज्यले लगानी दिन नसक्दा दोष शिक्षकले व्यहोर्नु परेको बताउनुभयो । लगानी थोरै प्रतिफल धेरै खोज्ने राज्यको प्रवृत्तिका कारण शैक्षिक गुणस्तर अस्तव्यस्त अवस्थामा रहेको बताउनुभयो । शिक्षाको गुणस्तर सुधार संगै शिक्षकहरुको पेशागत हकहित ग्यारेन्टी राज्यले गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यस्तै नेपाल शिक्षक संघ प्रदेश नं. ५ का अध्यक्ष अर्जुन कुमार योगीले नेपालको शिक्षा व्यवस्था सुधारका लागि शिक्षक , विद्यार्थी , अभिभावक र राज्यको चौतर्फी साझेदारीको आवश्यक रहेको बताउनुभयो । कतिपय विद्यालयमा विद्यार्थी छन , शिक्षक छैनन , भवन, विद्यार्थी छन , पुस्तक छैनन । जसले गर्दा सामुदायिक विद्यालयको स्तर सुधार हुन नसकेकाले अब त्यस तर्फ सवै सरोकारवाला पक्षहरु गम्भिर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय समिति इकाइ प्रमुख सुर्यराज घिमिरे, नेपाल शिक्षक संघका पूर्व वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद न्यौपाने, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, प्रेम भट्टराई, नेपाल शिक्षक संघका प्रदेश नं. २ का अध्यक्ष मेघनाथ यादव, नेपाल निजामति कर्मचारी संघका दाङका वामदेवश शर्मा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य केशव खनाल, शुशिला सुवेदी, कुमुद पोख्रेल, नारायण प्रसाद पौडेल, शंकर दिवस मज्गैया , याम प्रसाद पाण्डे, बिष्णुमणि दाहाल, विनोद पोख्रेल, अमृत श्रेष्ठ, ईश्वरी प्रसाद पाण्डे लगायतका भनाई राख्नुभएको थियो । संघका जिल्ला उपाध्यक्ष अन्नत डाँगीको स्वागत मन्तव्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश डाँगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्