दाङ, जेठ १९ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले योजना विनाको विकास दीर्घकालिन नहुने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१८ को सहयोग एवं दाङ मिडिया प्रालिले आयोजना गरेको स्थानीय पञ्जीकरण र अभिलेख व्यवस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।
समाज विकासको गतिमा अगाडि बढेको भन्दै प्रमुख चौधरीले व्यवस्थित यसलाई व्यवस्थित गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । घर व्यवस्थित भयो भने मात्रै समाज र राष्ट्र व्यवस्थित हुने भन्दै प्रमुख चौधरीले भन्नुभयो, ‘राष्ट्रलाई समृद्ध बनाउने अभियानको थालनी घरबाटै हुनुपर्दछ । हरेक घरले व्यवस्थित तरिकाले अभिलेखीकरण ग¥यो भने त्यसले समाज र राष्ट्रलाई फाइदा हुन्छ । त्यसैले सबै भन्दा पहिले आफ्नो घरको व्यवस्थित अभिलेखीकरण गर्न सिकौं । यति भयो भने राष्ट्रको समृद्धिको यात्रा सुरु हुन्छ ।
जीवनलाई व्यवस्थित बनाउन अभिलेखीकरणको आवश्यकता पर्ने प्रमुख चौधरीको भनाई छ । प्रालिका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रमुख तालिम प्रशिक्षक एवं महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले पञ्जीकरणको बारेमा सबैलाई अभिमुखीकरण गर्नुपर्ने बताउनुभयो । समयमै घटना दर्ता नहुने हो भने राज्यको अभिलेख व्यवस्थित नहुने भन्दै रिजालले समयमै घटना दर्ता गर्नु नागरिकहरुको दायित्व हो भन्ने बारेमा अवगत हुनुपर्ने बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।