घरैपिच्छे पानीको हाहाकार



गिरिराज नेपाली
दाङ , १९ जेठ । गर्मी संगै घोराही बजारमा खानेपानीको अभाव शुरु भएको छ । गर्मीसंगै पानीको स्रोत घट्दै गईरहेकाले घोराही बजारमा खानेपानीको संकट बढेको हो । जसले गर्दा उपभोक्ताहरुको दैनिकी कष्टकर बन्दै गइरहेको छ ।

दुईदिन देखी धारामा पानी नआउदा घोराही उपमहानगरपालिका वडा नंं १४ बसन्तविहार टोलमा खानेपानी हाहाकार छ । टोलभरमा एकघर खानेपानीको धारा नआदा घरैपिच्छे खानेपानी हाहाकार देखिएको छ । स्थानीय केशरी वलीले टोलभरकै धारामा बन्द भएपछि टोलवासीले खानेपानी हाहाकार व्यहोर्नु परेका बताउनुभयो । जसले दैनिकी टार्न पनि मुस्किल परेको उहाँले बताउनुभयो ।

पानीका कारण भातभान्छा , नुहाई धुवाई र शौचालयमा जान समेत मुस्किल परेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘भातभान्छा पानी किनेरै चलेको छ । नुहाई धुवाई निकै मुस्किल परेको छ । ’ खानेपानीको समस्याका कारण वालवच्चाहरु स्कूल पुठाउन समेत अप्ठेरो परेको उहाँले बताउनुभयो । पानीका कारण समय भातभान्छा नहुनु, ड्रेस धुन समस्या पर्दा स्कूल पठाउन मुस्किल परेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले पानी किनेर वा आफन्त वाट लिएर भएपनि भातभान्छा चलाएको छौं । भाडाँमा बस्ने विद्यार्थीहरु लाई त्यो पनि मुस्किल परेको छ ।’

खानेपानीको समस्या एकदुई घरको मात्रै नभई पुरै टोल भरीकैै यही समस्या रहेको उहाँले बताउनुभयो । जसले गर्दा टोलभरीकाले नै पानी किनेर वा मागेर खानुपर्ने वाध्यता देखिएको छ । ‘यो वाध्यता वर्षेनी दोहोरी रहन्छ तर कहिले समाधान हुदैन । ’ उहाँले बताउनुभयो ।

खानेपानी धारामा नआउदाँ कहिले होटेल तँ कहिले साथीमा कहिले भोकै बस्नुपर्ने वाध्यता परेको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका विकास रोकाले बताउनुभयो । धारामा पानी नआउनुको मार सवैभन्दा भाँडामा बस्ने विद्यार्थीले खेप्नु परेको उहाँले बताउनुभयो ।
घरबेटीहरुले पानी किनेर वा अन्यत्र वाट लिएर पनि भातभान्सा गरे पनि भाडाँमा बस्ने पानी किनेर ल्याउन समेत नसक्ने भएकाले भोकभोकै बस्नु पर्ने वा होटेलमा जानुपर्ने वाध्यता परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भाडाँवालाहरु मारमा परेका छौ । घर जाऔ पढाई छुट्छ , बसौ भोक भोकै न नुहाई , न धुवाई बस्नुपर्छ । ’ धारामा पानी नआउदा नुहाई धुवाई नगरे पनि आलोपालामा साथी साथीविच खाना खाने शुरु गरिएको उहाँले बताउनुभयो । पानीकै कारण यो पढाई समेत प्रभावित भईरहेको उहाँको गुनासो छ ।

गर्मी संगै पानीको स्रोत घट्दै गईरहेकाले बजारमा पानीको अभाव बढ्दै गइरहेको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भनाई छ । संस्थाका अध्यक्ष देवि वहादुर डिसीले पानीको आवश्यक बढ्दै र स्रोत घट्दै गइरहेको पानीको अभाव देखिन शुरु गरेको बताउनुभयो । घोराही बजारमा दैनिक ४० लाख लिटर पानी आवश्यक रहेपनि हाल ३८ लाख लिटर पानी आपूर्ति भईरहेकाले दुई लाख लिटर अभाव हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उपभोक्ताहरुले पानीको सदुपयोग भन्दा दुरुपयोग वढि गरिरहेकाले पनि पानी अभाव देखिएको उहाँले बताउनुभयो । धारामा मोटर लगाउदा अर्काे घरको धारा नआउने भएकाले मोटर नलाउन उहाँले आग्रह गर्नुभयो । पानी उत्पादनका लागि दैनिक दश वटा बोरिङ सञ्चालनमा भए पनि विद्युत लो भोल्टेजका कारण बोरिङ चल्न नसक्दा पानी अभाव देखिएको उहाँले बताउनुभयो ।

पानी अभाव क्षेत्रमा संस्थाले निशुल्क खानेपानी ट्याङकर वाटै उपलब्ध गराइरहेको बताउनुभयो । एक परिवारका लागि जडान गरिएको खानेपानी धारा घरभाडाँमा बस्नेहरुका लागि प्रयोग गर्दा घरपिच्छे पानी अभाव हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ उपभोक्ता भन्दा प्रयोगकर्ताको सख्या धेरै हुदाँ पानी अभाव हुने गरेको छ । ’ जसका लागि घरधनि आफै सजक हुनुपर्ने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्