मुख्य समाचार

नतिजा आउने क्रम जारी, एमालेको अग्रता

By थाहा अनलाइन

July 01, 2017

दोस्रो चरणको चुनावी मतपरिणाम आउनेक्रम जारी रहेको छ । गणना भइरहेको गाउँपालिका पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर १, ५ र ७ को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ३२, नेपाली कांग्रेसले २८ र माओवादी केन्द्रले १२ स्थानीय तहमा जित हात पारेको छ । ८ वटा नगरपालिका सहित ७४ स्थानिय तहको नतिजा प्राप्त भएको छ । यो समाचार तयार पर्दा मगणना भएरहेका ठाउँमा कांग्रेस र एमालेबीच धेरै ठाउामा प्रतिस्पर्धा रहेको छ । पहिलो चरणको समेत जितेको संख्यालाई जोडेर हेर्दा हालसम्म एमालेले १५२, कांग्रेसले १२६ र माओवादी केन्द्रले ५८ स्थानमा जितेको छ ।