यशोदा फूड्सका थोक विक्रेतासँग वृहत भेटघाट



सैघाली खबर
दाङ , १९ जेठ । यशोदा फूड्स प्रालि रुपन्देहीले शनिवार घोराहीमा राप्तीभरिका आफ्नो थोक बिक्रेतासँग छलफल गरेको छ । कम्पनीले बजार प्रबर्धन गर्न ‘होलसेलर मिट’ कार्यक्रम राखेको हो ।

कार्यक्रममा कम्पनीले उत्पादन गरेका करेन्ट तयारी चाउचाउ, लाली तयारी चाउचाउ, जुप्पी तयारी चाउचाउ, करेन्ट मसला, करेन्ट धनियाँ, करेन्ट खुर्सानी पाउडर आदिबारे जानकारी गराएको थियो । यो कम्पनीले पछिल्लो समयमा आक्रामक बजार प्रबर्धनको नीति अख्तियार गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक नरिश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ ५ नम्बर प्रदेशका उपाध्यक्ष हेमराज बञ्जाडेले ५ नम्बर प्रदेशकै लगानीमा रहेको उद्योगले ५ नम्बर प्रदेशभित्रै ब्यापार केन्द्रित गर्नु खुशीको कुरा भएको बताउनुभयो । कम्पनीले सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिएको भन्दै उहाँले विद्यालय र खेलकूद क्षेत्रमा सहयोग गर्नु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, डिलर प्रतिनिधि लुम्बनी स्टोरका बिशाल पन्त, होलसेलर प्रतिनिधि घोराहीका तारा ओली, कम्पनीका कर्पोरेट म्यानेजर छविलाल शर्मालगायत बोल्नुभएको थियो ।

कम्पनीका राप्ती क्षेत्र सेल्स इञ्चार्ज नवराज सापकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन राप्ती लुम्बनी म्यानेजर माधव आचार्यले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन डा। लोकराज पराजुलीले गर्नुभएको थियो । सो क्रममा गोलाप्रथाबाट बिजयी हुने तीन जनालाई फ्रिज र १० जनालाई चाँदीको सिक्का उपहार दिइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्