अमेरिकी आतंकः मान्छे मारेर किन खुशियाली मनाउँछ अमेरिका ?



अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन ।

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ ।

अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ ।

“मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ ।

सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ । (रासस,सिन्ह्वा)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्