बजेट माथि संसदमा भइरहेको छलफल आज सकिदै



सैघाली खबर
काठमाण्डौं,२० जेठ

आर्थिक बर्ष २०७५÷०७६ को बजेट माथि संसदमा भइरहेको छलफल आज सकिदैछ । व्यवस्थापिका संसद बैठकमा सांसदहरुले बजेटमाथिको भनाई राख्ने क्रम आज सकिएपछि सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जवाफ दिनुहुनेछ । बिहान ११ बजे बस्ने बैठकमा बोल्न नाम टिपाएका सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन् । संसद सचिवालयले बजेटमाथिको छलफल टुङग्याउने तयारी गरेको छ ।

संसद बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिले सो विषयमा छलफल गरि टुङग्याउने तयारी गरेको छ । बजेटमा भाग लिदै सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि छुट्याएको बजेटका विषयमा आलोचना गरेका छन् । संघियता अनुसार बजेट नआएको पनि उनीहरुको टिप्पणी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्