प्रदेश ४

पर्वतकी एक महिलाले अस्पतालको शैयाबाट गरिन जीवन बचाइदिन आग्रह

By थाहा अनलाइन

June 03, 2018

बेनी, म्याग्दी, २०

उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइ दिनआग्रह गरिरहेकाी छीन ।

अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहेकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग सहयोगको आग्रह गरेकी हुन ।

मुटुरोगका कारण जीवन मरणको दोसाँधमा रहेकी खत्रीको उपचारमा रु छ लाख लाग्ने अस्पतालका चिकित्सकले बताएका र आफूसँग त्यतिधेरै पैसा नभएकाले आमाको उपचार हुन नसकेको खत्रीका छोरा राजन खत्रीले दुखेसो गरिन ।

“घरको सबै सम्पत्ति बेच्दा पनि रु छ लाख पुग्दैन” राजनले भनिन “डाक्टरले आमाको मुटुको शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि रु छ लाख लाग्ने बताएका छन, हामीसँग पैसा नभएकाले शल्यक्रिया नहुँदा आमा अस्पतालको बेडमा नै छट्पटाइ रहनु भएको छ ”।

जलजला गाउँपालिकाको तर्फबाट अध्यक्ष यामबहादुर मल्लले खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न सहृदयी सबैलाई आग्रह गरेका छन् ।