पूर्वगृहमन्त्री शाहीको निधन, आजै अन्तिम दाहसंस्कार गरिने



काठमाडौं, २० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीको आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको आफन्तले जनाएका छन् ।

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।

उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उनका भतिजा नेत्रबहादुर शाहीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्