५५ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (नामावलीसहित)



सैघाली खबर, काठमाण्डौँ, २० जेठ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । रिक्त ५५ डिएसपी पदका लागि बढुवा सिफारिश गरिएको हो । बढुवा समितिले ५५ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिश गरेको हो ।

समिति बैठकको निर्णयअनुसार भीमबहादुर लामा एक नम्बरमा सिफारिश गरिँदा दोस्रोमा धनश्याम श्रेष्ठ छन् । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवाको सिफारिश गरिएको समितिका सदस्यसचिव डा. दिनेशचन्द्र पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्