महिलाको शव फेला ।।



सैघाली खबर, २० जेठ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्