टिप्परको ठक्करबाट गम्भिर घाईते टीनाको उपचारका क्रममा निधन



सैघाली खबर,
तुलसीपुर २० जेठ।तुलसीपुरमा टिप्परको ठक्करबाट गम्भिर घाईते भएकी स्कुटी चालकको उपचारको क्रममा काठमाडौमा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनु भएको छ ।
जेठ ११ गते तुलसीपुर जेसिज चौकमा टिप्परले स्कुटीलाई ठक्कर दिदा चालक तुलसीपुर ३ दमारगाउ निवासी टिना केसी गम्भिर घाईते हुनु भएको थियो।केसीको उपचारकै क्रममा काठमाडौको मेडिसीटी अस्पतालमा गएराती निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनु भयो।

रा १ क ५८३ नम्बरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई ठक्कर दिदा गम्भिर घाईते भएकी केसीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको थियो । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्