विवादमा मेलम्ची खानेपानी आयोजना, दशैं अगाडी पानी नआउने पक्का ।।



सैघाली खबर, २० जेठ।
घोषणा गरिए अनुसार दशैं अगाडी काठमाण्डौमा मेलम्चीको पानी नआउने लगभग पक्का भएको छ । यसो हुँदा खानेपानी मन्त्री बिना मगरको बचन पुरा नभएको मानिने छ । मन्त्री भएलगत्तै बिनाले दशैंअघि नै मेलम्चीको पानी काठमाडौँका धारामा ल्याउने बताएकी थिइन । तर, त्यो पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाबारे सरकार र ठेकेदार कम्पनीबीच विवादका कारण दशैंअघि मेलम्चिको पानी काठमाण्डौँ नपुग्ने पक्कापक्की जस्तै भएको छ ।

सम्झौता भन्दा बढी रकम मागेको भन्दै सरकारले ठेकेदार कम्पनीलाई थप रकम दिन नमानेका कारण विवाद उत्पन्न भएको हो । विवादकै कारण एक महिनादेखि आयोजनका काम प्रभावित भएपनि मन्त्री मगरले समाधान गर्न कुनै पहल नगरेको बताइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य भाग ‘रिभरमा’ भन्ने स्थानमा सम्झौता गरिएभन्दा बढी माटो खन्नुपरेपछि ठेक्काको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सम्झौतामा उल्लेख गरिएभन्दा बढी रकम दावी गरेको छ ।

मेलम्ची विकास समितिले कामलाई २८ करोड रूपैयाँ मात्रै दिने अडान लिएको छ भने कम्पनीले करिब एक अर्ब खर्च भएको दाबी गरेको छ । सुरुङ खनेर सकिएसँगै अब १० प्रतिशत काम मात्रै बाँकी रहेको मन्त्रालय र आयोजनाका अधिकारीहरुले बताउँदै आएका छन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्