तीनवटा गाई मार्दा १२ वर्षको कैद ।।



सैघाली खबर, २० जेठ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ ।

भाटेपोखरा निवासी यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । स्थानिय छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा १२ वर्ष कैद सुनाइएको हो ।

मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो । खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्