ईन्धनको मुल्य वृद्धिबारे सभामुखको ध्यानाकर्षण



सैघाली खबर,
काठमाडौं, २०   जेठ।  सभामुख कृष्ण बहादुर महराले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आईतबारको बैठकको सुरु मै प्रतिपक्षी दलका सांसदले इन्धनमा भएको मुल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठक सुरु हुनासाथ समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ३ महिना भित्र पाँच पटक पेटोलिम पदार्थको मुल्य वृद्धि भएको भन्दै मुल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरे।
खेती लगाउने समयमा इन्धनमा मुल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दे उनले मुल्यवृद्धिको प्रभाव खाद्य बस्तु, यातायात लगायत सबै क्षेत्रमा देखिएको भन्दै मुल्य वृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।
सनिबार रातिदेखि लागू हुने गरि सरकारले इन्धनको मुल्य वृद्धि गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्