सुनकाण्डका अभियुक्त छिरिङको बयान : गोरेलाई चिन्दिनँ, म डा. डेविट पनि होइन ।।



सैघाली खबर, मोरङ २० जेठ।
सुन तस्करीको अभियुक्त छिरिङ वाङ्गेल घलेले इन्कारी बयान दिएका छन् । लामो समयसम्म फरार रहेका उनले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । लगतै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपछि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन् । छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् ।

साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ । गोरे समूहका मानिसहरुले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ ।

गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’ भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्