मुख्य समाचार

नेपाल कम्युनिस्ट पार्टी झमेलामा

By थाहा अनलाइन

June 04, 2018

सैघाली खबर काठमाण्डौं ,२१ जेठ

नवगठित नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि नै दर्ता भइसकेकाले नाममा अन्डरलाइन गरेर दर्ता प्रक्रियामा गएको थियो।

त्यसमा पनि निर्वाचन आयोगले कानुनी अप्ठेरो हुने बताएपछि नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दर्ता गर्न निवेदन दिइएको थियो। अहिले नयाँ दल दर्ता गर्नका लागि अनिवार्य ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्थाले दल दर्ता अन्योलमा परेको समाचार नागरिक दैनिकमा प्रकाशित छ। राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ।