नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उपेन्द्रको फोरमबीच पार्टी एकता हुँदैं



नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच पार्टी एकताका लागि छलफल सुरु भएको समाचार प्रकाशमा आएको छ ।

(नेकपा) नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको हो ।

(नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो ।

शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा नआएको स्रोतको दावी छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले समेत फोरम सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए । यो खबर आजको राजधानीमा छ ।

फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन । माओवादी जनयुद्धमा सहभागी भएका यादव ६१ साल सम्म क्षेत्रिय व्यूरो सदस्य मात्र थिए ।

शान्ति प्रकृया शुरु भएसँगै अर्को पार्टी बनाइ मधेसमा हिंसा मच्चाएर राजनीतिामा आएका उनलाई भारतले उचालेको आरोप त्यतिबेला लागेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्