प्रदेश ३ को बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै



सैघाली खबर
काठमाण्डौं,२१ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दैहुनुहुन्छ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले प्रदेश ३ सरकारको अनुरोधमा सम्बोधन गर्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले प्रदेश ५ को सभामा सम्बोधन गर्नुभएको थियो । प्रदेशसभा नियमावलीको नियम २ सय ८ को उपनियम १ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख वा संयुक्त राष्ट्र संघको महासचिवले सभालाई सम्बोधन गर्न नेपाल सरकारको सहमति लिई प्रदेश सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिन सक्ने उल्लेख छ । तर, संघीय सरकारका राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुखबारे भने उल्लेख छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्