प्रदेश ७

नेपाली युवतीलाई भारततर्फ लैजाने तीनजना पक्राउ

By थाहा अनलाइन

June 04, 2018

कञ्चनपुर, २१ जेठ

कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीय सहित तीन जनालाई प्रहरीले आइतबार साँझ नेपाल प्रहरीले पक्राउ गरेको छ ।

युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

“भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ” उनले भने ।

पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनको भनाइ रहेको छ ।