भाडा वृद्धिपछि टरीगाउँ एयरपोर्टको उडान फेरी अलपत्र



जेठ २१, दाङ । दाङको टरीगाउँ एयरपोर्टबाट उडान भर्दै आएको समिट एयरले एकतर्फी रुपमा भाडा वृद्धि गरेपछि उडान प्रभावित भएको छ ।समिट एयरले ७ हजार दुइ सय रुपैयाँबाट बढायर ९ हजार ८ सय ८० रुपैयाँ पु¥याएपछि उडान प्रभावित भएको हो । यात्रुहरुले महँगो शुल्कमा हवाई यात्रा गन नसकिने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका र समिट एयर विच गत पुसमा प्रति यात्रु ७ हजार २ सय रुपैयाँ भाडा लिने सहमति भएको थियो । सोही सहमति अनुसार १९ पुसमा समिट एयरले पहिलो पटक दाङको टरीगाउँ एयरर्पोटबाट उडान भरेको थियो ।इन्धनको मुल्य वृद्धि भएको भन्दै समिट एयरले प्रति यात्रु २ हजार ६ सय ८० रुपैयाँ एकतर्फी रुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ ।

भाडा वृद्धिसंगै यात्रुहरु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरेपनि पछिल्लो समय आएर आइतबार मात्रै उडान भर्दै आएको थियो ।‘अघिल्लो आइतार काठमान्डौ जानका लागि ९ जना यात्रु थिए,’ तुलसीपर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, ‘ उताबाट पुरानो भाडादरमा उडान भर्न नसिकने भन्दै क्यान्सील भएको बताएपछि टरीगाउँ एयरर्पोटमा जहाँजको पर्खाइमा बसेकलाई पैसा फिर्ता दिएर पठायौं ।’

 

हप्तामा एक पटक उडान भर्दै आएको समिट एयरले पुस देखि जेठ सम्म ६ महिनाको अवधिमा तीन पटक उडान रद्ध गरेको सूचना अधिकारी खरेलले बताए ।नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाई सेवा सुचारु गर्न निक्कै कठिनाई र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । यता तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौता विपरित काम गर्नु राम्रो नभएको भन्दै पुनरविचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताएका छन् ।

‘हामीलाई विना जानकारी भाडा वृद्धि गरेको खबर आयो,’ मेयर पाण्डेले भने, ‘पुरानै भाडामा उडान भर्नका लागि विमान कम्पनी संग समन्वय गरीरहेका छौ ।’ सम्झौता अनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसंग समन्वय गरेर सडान सेवा सूचारु गर्ने मेयर पाडेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्