तुलसीपुरमा कुकुरलाई बन्ध्याकरण



 

तुलसीपुर २१ जेठ ।

तुलसीपुरमा कुकुरलाई बन्ध्याकरण गराउन थालिएको छ । तुलसीपुरमा भुस्याहा कुकुरहरुको संख्या अत्यधिक हुँदा ट्राफिक ब्यबस्थापनमा चुनौती हुनुका साथै बजार कुरुप बन्ने गरेको भन्दै कुकुरको संख्या बढ्न नदिन कुकुरलाई बन्ध्याकरण शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका पशु शाखा प्रमुख सुदाम भट्टले जानकारी दिए । ‘कुकुरको संख्या तुलसीपुरमा धेरै छ’उनले भने‘त्यसैले कुकुरहरुको संख्या बढ्न नदिन बन्ध्याकरण शुरु गरेका हौं ।’

उनका अनुसार आईतबार देखि शुरु भएको कुकुरमा निःशुल्क पसुबन्ध्याकरण तीन दिन सम्म चल्ने छ । पहिलो दिन १५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको उनले बताए । पहिलो दिन भुस्याहा कुकुर १० र घरपालुवा ५ गरि १५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको उनको भनाई थियो । शिबिर सञ्चालन गरेर बन्ध्याकरण गर्न थालिएको भन्दै तीन दिनमा एक सय भन्दा बढि भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने ‘ तीन दिनमा एक सय भन्दा बढि कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य लिएका छौं ।’

साथै कुकुरको टोकाईबाट लाग्ने रेबिजबिरुद्धको सुईपनि लगाईने उनले बताए । तुलसीपुर उपमहानगरपालिका पशुसेवा शाखा तुलसीपुरको आयोजनामा पशुसेवा कार्यालय तुलसीपुरको भवनमा निःशुल्क बन्ध्याकरण शिबिर भएको हो । शिबिर बिहान साढे ६ बजे देखि साँझ ९ बजे सम्म चल्नेछ । शिबिरको आईतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्