भारतीय कम्पनी सतलजलाई नेकपाको चेतावनी, अरुण-३ बाट फर्किहाल्नुस नत्र लगानी डुब्ला !



सैघाली खबर, काठमाण्डौँ, २१ जेठ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भर्खरमा केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको अरुण ३ जलविद्युत सम्झौताको आयोजनाको कामको जिम्मा पाएको भारतीय कम्पनी सतलजलाई तत्काल फिर्ता हुन भनेको छ । सो निर्माण सम्झौता नेपालको हित विपरीत भएको भन्दै त्यसको विरोध गर्दै आएको नेकपाले निर्माण कम्पनी सतलज जलविद्युत कम्पनीलाई पत्राचार गर्दै तुरुन्त नेपाल छोडेर जान अनुरोध गरेको छ ।

पत्रमा नेपालमा भारत विरोधी जनमत अझ उग्र हुने र आयोजनाकोे ठूलो रकम डुब्ने चेतावनी पनि दिएको छ । पत्रमा उसले अरुण–३ जलविद्युत आयोजनामा हात हालेर सतलजले नेपालको हित विपरित कार्य गरेको बताएको छ । “यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिक संविधानको धारा १५६) लाई छल्दै चोरबाटोबाट नव औपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको छ ।

त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाब र प्रभावमा पारेर भारत सरकार मार्फत तपाईँहरु नेपालको हित विरोधी काममा संलग्न हुन दुःखको विषय हो । तसर्थ अरुण–३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईँहरुलाई अनुरोध गर्दछौं” नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

विरहीले अन्यथा कम्पनीको लागनी डुब्ने चेतावनी दिएका छन । पत्रमा नेपालको हित विरोधी, संसदस्य दलहरुले प्रभु खुशी पार्न गरिएका र नेपाली जनताद्वारा अनुमोदन नभएका कुनै पनि राष्ट्रघाती सम्झौताहरु आफ्नो पार्टीलाई मान्य नहुने बताइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्