कमरेड रोल्पा’ विमोचन



सैघाली खबर,
जेठ २१, लिवाङ । राज एकान्तको कविता संग्रह ‘कमरेड रोल्पा’ विमोचन गरिएको छ । रोल्पा नगरपालिका, लिबाङमा आयोजित बृहत साहित्य सम्मेलन–२०७५ को उदघाटन सत्रमा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व सभामुख ओनसरी घर्तीले संयुक्त रुपमा कविता संग्रह विमोचन गरेका हुन् ।

संग्रहमा ४१ वटा कविताहरू छन् । कवितालाई पाँच खण्डमा बाँडिएको छ जसमा ‘ढुंगाको निबन्ध’, ‘लाहुरे अनुहार’, ‘कमरेड रोल्पा’, ‘प्रेमाख्यान’ र ‘गाउँ र आमा’ खण्ड अन्तरगत बिभिन्न शिर्षकका कविताहरू समाबेश गरिएका छन् ।

 

 

शिखा बुक्सले बजारमा ल्याएको ‘कमरेड रोल्पा’ कविता संग्रहको मूल्य २०० रुपैयाँ राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्