नेपालगञ्ज, तुलसीपुर र वुटवलमा सानिमा



सैघाली खबर,
काठमाडौं, २१ जेठ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले मुलुकका विभिन्न चार प्रमुख स्थानमा आफ्ना नयाँ शाखा विस्तार गरेको छ । लिमिटेडले नेपालगञ्ज, तुलसीपुर र वुटवलमा आफ्ना नयाँ शाखा खोल्न लागेको हो ।

कम्पनीका मूख्य प्रबन्धक गणेश चौलागाईले गत १८ जेठमा बाँकेको नेपालगञ्जमा कम्पनीको नयाँ शाखाको उद्घाटन गरे ।

त्यस्तै, १९ जेठदेखि कम्पनीले दाङको तुलसीपुरमा पनि नयाँ शाखा सञ्चालन गरेको छ । कम्पनीका मूख्य प्रबन्धक चौलागाईले उक्त शाखा उद्घाटन गरेका हुन् ।

यसैगरी, रुपन्देहीको बुटवलमा पनि कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका मूख्य प्रबन्धक चौलागाईले २० जेठमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सबै नेपालीलाई जीवन वीमाको दायरामा ल्याउने उद्देश्यले शाखा विस्तारको कामलाईल गति दिइएको कम्पनीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्