अफिम सहित तीन जना पक्राउ – को परे त हेर्नुहोस्



सैघाली खबर
दाङ,२१ जेठ । प्रहरीले अफिम सहित तीन जनालाई पक्राउ गरेको छ । उप–महानगरपालिका वडा नं. १५ स्थित मेनरोडबाट ५ केजी अफिम सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्र्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा रोल्पा पाछावाङ –७ घर भई हाल घोराही उप–महानगरपालिका वडा न.१२ बस्ने बर्ष ३१ को शक्तिराम वली,रुकुम भुमे गाउँपालिका वडा नंं.८ बस्ने बर्ष २७ को एलन कुमार रोका मगर र सोही गाउँपालिका वडा नंं.६ बस्ने बर्ष २८ को देव बहादुर ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ निमित्त प्रमुख एवं प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

 

प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा अफिम फेला परारेको उहाँले वताउँनुभयो ।कारोबारमा संग्लन शक्तिराम वली, देव बहादुर वली र एलन कुमार रोका मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्तीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्