कामगर्न नपाएको निर्माण व्यवसायी प्रकाशको गुनासो – कामका लागि सडक डिभिजनलाई अनुरोध



घोराही, जेठ २१ । राप्तीका विभिन्न जिल्लामा कामको जिम्मा लिएर समय अगावै निर्माण कार्य सम्पन्न गरेको खानी जलजला जेभी र पिके नय विकास जेभी कन्ष्ट्रक्शनले आफूले ठेक्का लिएको काम गर्छु भन्दा पनि गर्न नपाएको गुनासो गरेको छ ।

२०७२ पुन २९ गते २ करोडमा सम्राट सिमेन्ट चुनढंगा पहुँचमार्ग निर्माणका लागि ठेक्का लिएको खानी जलजला जेभी कन्ष्ट्रक्शन र ४६ लाखमा पिके जय विकास जेभी कन्ष्ट्रक्शनले चक्लीघाट हन्सीपुर सडकका लागि २०७३ पुन १० गते ठेक्का लिएको भएपनि हालसम्म उक्त मार्गमा काम नै गर्न नपाएको निर्माण कम्पनीले गुनासो गरेको छ ।

समयमै काम सम्पन्न गर्ने लक्षयसहित सो मार्गमा जेसीभी, टिप्पर र सयौ कामदारहरु लगाएर काम सुरु गर्नै लागेको समयमा वन कार्यालयले आफ्ना कर्मचारी, कामदार र मेशीनहरुलाई नियन्त्रणमा लिएको र यस विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई काम सुरु गर्नका लागि अनुरोध गर्दा समेत कार्यालय मौन रहेको निर्माण कम्पनीको गुनासो छ ।

ती सडकहरुको आइआइए नगरेको भन्दै जिल्ला वन कार्यालयले ठेक्काको काम अगाडी बढ्न नदिएको बताइएको छ । काम गराउनका लागि आफूले लाखौ खर्च गरेर मेशी र कामदारहरु ती क्षेत्रहरुमा खटाएको भएपनि हालसम्म आफूले ती ठाउँहरुमा काम गर्न नपाएको निर्माण कम्पनीका सञ्चालक प्रकाश विक गुनासो गर्नुहुन्छ । एकातिर काम गर्छु भनेर पनि काम गर्न नपाउँदा आफ्नो लाखौरुपैयाँ घाटा लागेको र अर्को तिर काम नै नगर्ने निर्माण व्यवसायीहरुको लिस्टमा आफ्नो कम्पनीलाई राखेर बदनाम गरिरहेकोमा कम्पनीका सञ्चालन विक गुनासो व्यक्त गर्नुहुन्छ ।

आफूहरुले हरेक ठाउँमा समय भन्दा अगाडी नै काम सकेर जिम्मेवारी वहन गर्दै आएको बताउने विक यस विषयमा सडक डिभिजनलाई आफूहरुले थुप्रै पत्रहरु समेत काटेर कामका लागि पुनः सिफारिस दिन अनुरोध गरिएको बताउनुहुन्छ । तर यतिका महिना बिति सक्दा पनि कार्यालयको तर्फबाट कुनै पत्र नआएकाले आफूहरु चुपचाप बस्नु परेको उहाँको गुनासो छ ।
‘काम गर्नका लागि हामीलाई नरोकिएको भए अहिलेसम्म हामीले काम सम्पन्न गरेर पनि उक्त सडकमा गाडी सहजै सूचारु हुने बनाउँथ्यौ, तर काम रोकेको यतिका समयसम्म पनि हामीले काम गर्न पाएनौ’, निर्माण व्यवसायी विक भन्नु हुन्छ, ‘काम गर्न बन्दैनथ्यो भने किन टेण्डर भयो ? अहिलेसम्म हामीले व्यहोरोको क्षेति कसले दिन्छ ?’
पछिल्लो समयमा ठेक्का लिएर पनि काम नगर्नेहरुको लिस्टमा आफ्नो कम्पनीको पनि नाम राखेर प्रचारप्रसार गर्ने काम भइरहेकोमा निर्माण व्यवसायी बिक गुनासो गर्दै आफूले काम नै गर्न नपाएको पीडाको विषयमा सबै पक्ष गम्भीर भैदिनका लागि अनुरोध गर्नुहुन्छ । अहिलेपनि चारपाँच ठाउँमा आफूले ठेक्का लिएको र सबै ठाउँमा सम्झौता भन्दा अगाडी नै काम सम्पन्न गर्न लागि रहेको जानकारी दिँदै निर्माण व्यवसायी बिकले राम्रो काम गर्नेलाई समेत विभिन्न बाहनामा हतुत्साहित बनाउने काम गरिएकोमा दुःखोसो पोख्नुहुन्छ ।
यता यस विषयमा सडक डिभिजन कार्यालयका प्रमुख बद्रिप्रसाद शर्मा जिल्लामा भइरहेका सडक निर्माणका कामहरुमा ढिला सुस्ती भएको भएपनि यी माथिका दुबै काम निर्माण कम्पनी र ठेकेदारको लापरबाहीका कारण नरोकिएको बताउँनु हुन्छ । उहाँले प्राविधिक समस्याका कारण ठेक्का लागेर पनि सडक निर्माणको काम हुन नसकेको बताउँदै सिमेन्ट उद्योगको चुनउत्खनन गर्ने सडकलाई नगरपालिका, वन, स्थानीयबासी सबैले रोक्नुपर्छ भनेर दबाब दिएकाले रोकिएको जानकारी दिनुभयो । ती सडकहरुको निर्माण काम पुनः सुरु हुने नहुने बारेमा अहिलेसम्म केही निर्णय लिन नसकिएको डिभिजन प्रमुख शर्माको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्