प्रदेश सरकारका विज्ञापन स्थानीय संचारमाध्यमलाई उपलब्ध गराँउछुः शेरधन राई



विराटनगर, २२ जेठ
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका विज्ञापन र सूचना स्थानीय सञ्चारमाध्यमलाई प्रदान गरिने नीति बनाइने बताएका छन ।

नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सुझाव ग्रहण गर्दै उनले स्थानीय सञ्चारमाध्यमको विकास, प्रवद्र्धन र श्रमजीवी पत्रकारको हितका विषय प्रदेश सरकारको नीति कार्यक्रममा समेटिने जानकारी दिए ।

सुझावपत्रमा प्रदेशबाटै प्रेसपास, पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायत सञ्चारमाध्यमको दर्ता र नवीकरण गर्ने व्यवस्था हुनुपर्ने, प्रदेशभरीका

सबै सरकारी विज्ञापनमा समानुपातिक विज्ञापन नीति लागू हुनुपर्ने, प्रदेशमा कार्यरत सञ्चारकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराइनुपर्ने र न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने सञ्चारमाध्यमको सेवासुविधा रोक्नुपर्ने लगायत बूँदा समेटिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्