भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै विरोध प्रदर्शन



लण्डन, २२  जेठ

बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।

बेलायतको संसद अगाडि  अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

‘भुत्ला आयात खुल्ला गर’ अभियान चलाएका उनीहरुले त्यससम्वन्धी व्यानर, फोटो लागयत प्रदर्शन गरेका थिए ।

बेलायतमा चीन, फ्रान्स, पोल्याण्ड, क्यानडा लगायत १५ देशबाट भुवा तथा छालाजन्य सामग्रीहरु आयात हुने गरेको थियो ।

सरकारको निर्णयका विरुद्धमा चार लाख जनाले हस्ताक्षर गरेर प्रधानमन्त्री टरिजा मेलाई बुझाउने भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्