बाजुरामा भूकम्प



२ जेठ, कैलाली । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

 

मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । क्षतिको विवरण भने आएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्