दाङमा अहिले सम्मकै ठुलो स्वास्थ्य शिबिर



तुलसीपुर २२ जेठ ।
दाङमा अहिले सम्मकै ठुलो निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुँदैछ । दाङको बबई गाउँपालिका वडा नंबर ३ हंसपुरको जनता माबिको भबनमा शिबिर हुन लागेको हो ।

यहि जेठ २२ गते र २३ गते हुने स्वास्थ्य शिबिरमा ४० बढि बिशेषज्ञले स्वास्थ्य चेकजाँच गर्ने छन् । निजामती कर्मचारी श्रीमती संघको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, राष्ट्रिय मृगौला रोग उपचार केन्द्र बनस्थलीको सहयोगमा शिबिर हुन लागेको हो । ग्रामिण क्षेत्रका नागरिकलाई बिशेषज्ञ स्वास्थ्य सेवा दिन शिबिरको आयोजना गरिएको संघका अध्यक्ष चन्द्रकाल रेग्मीले बताईन् ।

शिबिरमा मुटुरोग, मृगौला रोग, प्रसुती तथा स्त्रीरोग, आङ् खस्ने रोगको स्क्रिनिङ् गर्ने, जनरल प्रयोगशाला, हाडजोर्नी सम्बन्धीसमस्याबारे स्वाथ्य परिक्षण गर्नुका साथै ईसिजि तथा ईकोकार्डियोग्राम भिडियो एक्सरे , प्रयोगशाला सेवा र निःशुल्क औषधी बितरण गरिने अध्यक्ष रेग्मीले बताईन् । शिबिर बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म चल्ने छ । साथै सोही दिन बिहान ८ बजे देखि अपरान्ह १ बजे सम्म बिरामीको पूर्जा बितरण गरिने आयोजकले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्