जसिता कै कारण बिग्रिएको हो त मिलन र प्रदीपको सम्बन्ध ? (भिडियो)



सैघाली खबर/काठमाण्डौँ २२ जेठ।
अभिनेता प्रदीप खड्का र निर्माता तथा निर्देशक मिलन चाम्सको सम्बन्ध बिग्रिएको कुरा धेरैलाई थाहाँ थियो । तर त्यो चिस्सिएको सम्बन्ध यतिबेला ताँतो भईसकेको छ । एनएफडीसी अवार्डमा उनीहरुले एकअर्कालाई देखेको नदेख्यै गरे । मिडियासँगको कुराकानीमा मिलनचाम्सले प्रदीपलाई विभिन्न आरोप पनि लगाएका थिए । प्रदीपले सिनेमामा अघि बढ्नु छ भने आफ्ना धेरै बानी सुधार्नुपर्ने भन्दै उनले प्रदीपको पोल खोलिदिने समेत बताएका थिए । तर प्रदीप यस विषयमा चुप रहे ।

त्यही रिसमा मिलनले प्रदीपसँग कहिल्यै काम नगर्ने पनि बताएका थिए । हुन पनि उनले ‘लिलिबिली’पछि प्रदीपसँग गर्ने भनेको सिनेमामा अनमोल केसीलाई अनुबन्धित गरेका छन् । उता प्रदीप पनि गोविन्द शाहीसँग मिलेर सिनेमा बनाउने तयारीमा छन् । यसैबीच पछिल्लो एक कार्यक्रममा मिलन र प्रदीप खड्का एक साथ देखिए जसले सबैलाई चकित बनायो । सिनेमा ‘लिलिबिली’ले ५१ दिन मनाएको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा यसको निर्माणपक्षले केक काट्यो ।

कार्यक्रममा प्रदिप खड्का, निर्माता गोविन्द शाही, सुदिप खड्का र निर्देशक मिलन चाम्स एउटै स्टेजमा देखिए । स्टेजमा पुग्ने बित्तिकै मिलन र प्रदिपले एकअर्कालाई अंकमाल गरे । उनीहरुले एक अर्कालाई केक पनि खुवाइदिए । कार्यक्रममा उनीहरुले एक अर्काको सम्बन्ध सधै सामान्य रहेको जस्तो देखाएका थिए । कार्यक्रममा प्रदीपले मिलनसँगको सम्बन्धको बारेमा पनि मुख खोलेका छन् । उनले जवाफमा दुश्मनलाई भन्दा पनि दुश्मनीलाई मार्नुपर्ने बताएका छन् ।

सोहि कार्यक्रममा प्रदीप खड्काको मुख्य भूमिका रहने गरी सिनेमा ‘लभ स्टेशन’को औपचारिक घोषणा पनि गरिएको छ । काफिया फिल्म्सको प्रस्तुतिमा बन्न लागेको सिनेमाको अहिलेसम्म मुख्य अभिनेता प्रदीप खड्का र निर्देशकमा उज्ज्वल घिमिरे फाइनल भएका छन् । सिनेमाका लागि दुई नायिकाको खोजी भैरहेको निर्माता गोविन्द शाहीले कार्यक्रममा बताए । प्रेमकथामा आधारित यस सिनेमाको छायांकन नेपाल र अमेरिकामा गरिनेछ । गोविन्द शाही, उज्ज्वल घिमिरे र कृशु शाही निर्माताको रुपमा रहेको यो सिनेमा २०७५ फागुन २४ गते प्रदर्शनमा आउनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्