घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी



सैघाली खबर,
दाङ, २२ जेठ । नेपाल विद्यार्थी संघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ।
क्याम्पस प्रमुख विमल सुवेदीले प्रकृया नै पुरा नगरी कर्मचारी भर्नाका लागि सिफारिस गरेको विरोधमा नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइले सोमबार तालाबन्दी गरेको हो।
क्याम्पस प्रमुखले मनोमानी रूपमा क्याम्पसको लाइब्रेरीमा कर्मचारी नियुक्त गरेको नेविसंघको आरोप छ।
उक्त पदमा कर्मचारी नियुक्तिका लागि निवेदन आह्वान गरिएको थियो। त्यसमा एक वर्षअघि ६ जनाले निवेदन दिएका थिए । तर क्याम्पस प्रमुख सुवेदीले अन्य पाँचजनालाई थाहै नदिइ आफू निकटस्थ कर्मचारीलाई नियुक्तिका लागि सिफारिस गरेको नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याम्पस प्रमुखले गरेको निर्णय प्रक्रिया विरुद्ध भएको भन्दै प्रक्रिया अनुसार कर्मचारी नियुक्ति गर्न विज्ञप्तिमा माग गरिएको छ।
क्याम्पस प्रमुखले गरेको मनोमानी नसच्याउँदासम्म लगाएको ताला नखोल्ने नेविसंघले अडान लिएको छ। setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्