विश्व वातावरण दिवसको नारा ‘मान्छेलाई प्रकृतिसँग नजिक पार’ ।।



सैघाली खबर/काठमाण्डौँ, २२ जेठ।
‘मान्छेलाई प्रकृतिसँग नजिक पार’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मङ्गलबार मनाइँदैछ । दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्षेनी मनाउन थालिएको हो ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिकासाथ अग्रसर हुँदा र आफूलाई वातावरण दिवस मनाउन पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् । उनले वातावरण दिवसका अवसरमा वातावरणीय क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सरकारले विश्व वातावरण दिवसका अवसरमा मङ्गलबार नेपाल स्वच्छ वातावरण महाअभियानसम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्दैछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्