महिलामा आँखाको समस्या किन धेरै ?



सैघाली खबर, २२ जेठ।
महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४/७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको १० भन्दा बढी शिविरमा आँखा जाँच गराएकामध्ये ७० प्रतिशत महिलामा जटिल समस्या देखिएको हो ।

आँखाको जटिल समस्या भएकाहरू धेरैजसो ५० वर्ष नाघेका पाइएको पुनःस्थापना कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिईन् । उनका अनुसार उपचार गराउने ६५३ मध्ये ३४३ महिला आँखाको समस्याबाट ग्रसित भएको पाईएको छ भने ७९ जनामा त मोतिबिन्दूकै समस्या रहेको छ । महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको चिकित्सकले औँल्याएका छन् ।

तराईमा प्राय झुम्म बस्ती हुने, चारैतिरबाट घेरिएको झ्याल नभएको स्थानमा खाना पकाउँने गर्नाले हुँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको शिविरमा संलग्न नेत्र विशेषज्ञ डा नवीन साहले बताए । भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने गुइँठा पनि आँखाको समस्या बढाउने कारक भएको पाइएको उनको भनाइ थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्