बृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाइयो



सैघाली खबर,
सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल दाङले बृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । ४६ औ विश्व वातावरण दिवसमा अवसरमा वन महासंघको कार्यालय परिसरमा रहेको खाली जग्गामा बृक्षरोपण गरिएको हो ।

श्रीखण्ड, आप, लहरे अशोक,लिचि, अम्वा, कागती, कपुर र कल्की फूल लगायतका प्रजातिका एक सय बढी बिरुवा रोपिएको वन महासंघ दाङले जनाएको छ ।
बृक्षरोपणको शुरुवात गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले राज्यको निति अनुसार एक कर्मचारी एक फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई जिल्लाब्यापी रुपमा प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो ।
बृक्षरोपणपछि सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको सभापत्विमा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बढ्दो वातावरण प्रर्दषणका न्यूनिकरणकालागि बृक्षरोपण एक शसक्त कार्यक्रम हुने बताउनुभयो । उहाले बृक्षरोपण कार्यक्रमलाई अभियानकै रुपमा लगिने बताउनुभयो । जिल्ला वन कार्यालय दाङका निमित्त प्रमुख मुकुन्दप्रसाद अधिकारीले बृक्षरोपणकालागि कार्यालयले यो बर्षपनि जिल्लामा बिरुवा उत्पादन गरेको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण सामुदायिक वन उपभोक्ता महासंघ दाङका सचिव हेमराज शर्माले गर्नु भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघको आयोजना र जिल्ला वन कार्यालय दाङको सहयोगमा बृक्षरोपण गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्