समाचार

रिक्सा चालक मृत भेटिए, हत्या का आत्मै हत्या

By थाहा अनलाइन

June 05, 2018

सैघाली खबर, जेठ २२, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका(८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका रिक्सा चालक गोपाल परियार मृत भेटिएका छन् । उनी भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई वर्षदेखि रिक्सा भाडामा लिएर वीरगञ्जमा रिक्सा चलाउँदै आएका थिए । रानीघाटमा निर्माणाधिन घरमा राखिएको ठेलामा परियारको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए । उनको मृत्यु शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको उनले बताए । ‘मृतकको घाँटीमा निल डाम पनि देखिएको छ, दायाँ खुट्टामा सामान्य चोट लागेको छ । निधारमा आँखा भन्दा माथि सुन्निएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सक्ने अवस्था छ ।’ उनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।