सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चिनियाँ राजदूतको सहयोग ।।



सैघाली खबर/काठमाण्डौँ, २२ जेठ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् । मंगलबार नेपालका लागि चीनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।

जवाफमा राजदुत होङले त्यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् । थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि उनीसँग आग्रह गरेका थिए ।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन् । होङले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्