काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज



सैघाली खबर, २२ जेठ।
नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ । विभागमा मंगलबार बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिए । उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डन्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धा्रित् मापदन्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्