यसकारण तामाकोशी आयोजना विरुद्ध दिए स्थानियले उजुरी



दोलखा, २३ जेठ
माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन।

आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले मंगलबार आयोगमा ऊजुरी दर्ता गराएको स्थाीय बर्मा लामाले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्