टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार पत्रकार देवीका जि.एम.लाई



 

काठमाडौँ, २३ जेठ संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले यस वर्षको पत्रकारिता र संगीत पुरस्कारको घोषणा गरेको छ ।फाउण्डेशनको अमेरिकी डलर बराबरको टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार थाहाखबरमा कार्यरत दाङकी पत्रकार देविका घर्तिमगरलाई पुरस्कृत गर्ने भएको छ ।यस्तै टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ । पुरस्काकरको राशि दुई हजार अमेरिकी डलर छ ।

 

यसैगरी, पाँचसय अमेरिकी डलर बराबरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम र झापाका चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ ।यस वर्षको हेम सरिता संगीत पुरस्कार वरिष्ठ कलाकार जेबी टुहुरेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि एक हजार अमेरिकी डलर छ ।

पत्रकारिता पुरस्कार निर्णयका लागि नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा र जिवेन्द्र सिंखडा तथा फाउण्डेशनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो भने संगीत पुरस्कारका लागि प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला र जिवेन्द्र सिंखडा र फाउण्डेशनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गर्नुभएको हो ।फाउण्डेशनले काठमाडौँको उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माण र छात्रवृृत्तिमा पनि सहयोग गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्