मौलाउँदै बिभेद –शव छुन नपाईने



शव छोईने भन्दै दाह–संस्कारमा समेत जान पाउँदैनन् दलित महिला

 

जनक नेपाली
दाङ,२३ जेठ । जेठ ६ गते तुलसीपुर उपमहानगरपालिका ८ दुधेना निवासी मोहन भण्डारीका छोराको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भयो । भण्डारीको परिवारसंगै सारा गाँउलेहरु शोकमै थिए । शोकमा डुवेको परिवारलाई सान्तोना दिनभन्दै छिमेकी दलित महिला भण्डारीको घर पुगे । जब मृर्तकलाई दाह–संस्कार गर्न खोला लग्ने तयारी भयो तब सारा दलित महिलाहरु भण्डारीको घरबाट लखेटिए । दलितले शव छोए मृर्तकको स्वर्गमा नहुने भन्दै स्थानीय बसन्ती आचार्यले आफुहरुलाई लखेटेको दुधेनाकी राधिका विकले वताउँनुभयो । त्यो परिवारमा हामीले पनि दुःख साट्ने भनेर पुग्यौ तर शव छोईने भन्दै गाउँका दश / बाह्रजना दिदी बहिनी लखेटिदा निकै नरमाईलो लाग्यो राधिकाले भन्नुभयो ।

 

मं संगै गाँउकै पार्वती विक, हस्ता विक, बिष्णी टमाटा, प्रतिमा विक, हीरा सुनार सीता सुनारलाई बसन्तीले लखेटे राधिकाको भनाई ।बसन्तीले तिमी कामी÷दमाईले शव छोए भाई स्वर्ग पुग्न पाउँदैन तिमीहरु यहाँबाट जाउँ भन्दै धकेल्दै हामीलाई लखेट्नुभयो राधिकाले भन्नुभयो ।‘त्यति भन्दा पनि हामी कोही बोलेनौ भण्डारी परिवारलाई अप्ठेरो पर्ला भनेर’–चुपचाप बस्दा पनि हामी माथी पशुको जस्तै व्यवहार भयो’उहाँले भन्नुभयो ।बसन्तीले सबैलाई धकेल्दै पठाएपछि सबै जना घर आयौँ विकले भन्नुभयो । यी सबै घटना क्रम हेर्दा पछिल्लो समय जातीय विभेदका घटना मौलाउँदै गएको दलित अगुवा देवराज विश्वकर्माले वताउँनुभयो । गैर दलितहरुका सामाजिक चिन्तन र अहमताको कारण बिभेदका घटनाले प्रसय पाएको विश्वर्कमाको भनाई छ।

केही दिन पहिले मात्र कालिकोट नरहरिनाथ गाउंपालिका वडा नम्बर ९ की दलित महिला सदस्य मना सार्कीको जातीय बिभेदका कारण कुटपीट गरि हत्या भयो त्यसले पनि जातीय बिभदको घटना मौलाएको देखिन्छ उहाँले थप्नुभयो । राज्यले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुटमुक्त राष्ट्र घोषणा घोषणा गरेपनि व्यवहारका अहिले सम्म कार्यान्वय हुन नसुकेको उहाँको भनाई छ। ‘नेपाललाई छुवाछुटमुक्त राष्ट्र घोषणा गरेको १२ बर्ष भयो तर मठ मन्दिर, मृत्यु संस्कार, सार्वजनिक स्थानमा समेत दलित समुदाय माथी जातीय गरिदै आएको प्रष्ट देखिन्छ ’ विश्वर्कमाले भन्नुभयो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक रामबहादुर जिसीले पछिल्लो समय जातीय बिभेदका प्रहरी समक्ष आउँने गरेको वताउँनुभयो।गाउँ,छिमेकमा परम्परागत धारणाले गर्दा विभेदका घटना बढेको जिसीको भनाई छ । सहर भन्दा गाउँमा बिभेदका घटना बढ्दो क्रममा भएको वताउँदै त्यसका लागि सचेतनाको आबश्यकता रहेको बताउँनुभयो । समाजमा हुने कुनै पनि विभेद न्युनिकरणका लागि व्यक्ती नै सँच्चिनु पर्ने भन्दै हामी सचेत बन्नुपर्छ भनेमात्र धेरै घटना न्युनिकरण गर्न सकिने वताउँनुभयो । प्रहरीक कार्यालयमा आउँने अधिकासं बिभेदका घटना कानुन बमोजिम अगाडी बढाएको बताउँनुभयो ।

 

 

भेदभाव गरे हुने सजाय
यसैबीच जातीय भोभाव तथा छसवाछुत कसुर साय ऐन २०६८ अनुसार बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एकहजार रुपैयादेखि पँच्चीस–हजार रुपैयासम्म गर्ने व्यवस्था गरेको छ । यस ऐन बमोजिमको कसूर गरेका ठहरिएमा अदालतले कसूरदारबाट पीडितलाई पच्चीसहजार रुपैया देखि एक लाख रुपैया सम्म क्षतिपूर्ति गराइदिन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्