नवलपरासी मानव बली प्रयास प्रकरणः मिलापत्र गराई प्रहरीले नै गर्छ अपराधीको संरक्षण



मानव वली दिने जस्तो जघन्य अपराधमा कानुन वमोजिम कडाभन्दा कडा कानूनी कारवाही गर्नुको सट्टा त्यहाँको प्रहरीले मिलापत्र गराएर आरोपीलाई छाडेको छ । बालकलाई बली दिएको घटना सेलाउन नपाउंदै नवलपरासीमा फेरि नवलपरासीमा अर्को मानव वली दिने प्रयास विफल भएको समाचार सार्वजनिक भएको छ ।
यस्ता अपराधिलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिनुले यस्ता घटनाप्रति राज्यको कुनै नीति नियम नभएको प्रस्ट भएको छ ।

सुन पाइने प्रलोभनमा परेर नवलपरासीको प्रतापपुर गाउँपालिका ३, अमुवास्थित न्यू गोल्डेन लाइफ इंग्लिस स्कुलका संचालक तथा प्रिन्सिपल हरेन्द्र शर्माले आफनै स्कुलमा कार्यरत फुलमती मुसहरलाई बली दिने प्रयास गरेको आरोप लागेको हो । धामी कृष्ण प्याकुरेलले विद्यालय परिसरभित्रै मानव हड्डी भेटिएको र मानव बली दिए सुन पाइने बताएपछी हेडमास्टर हरेन्द्रले आफनै स्कुलमा कार्यरत फुलमती मुसहरलाई बली दिने प्रयास गरेको स्थानीयको दाबी छ ।

गएको जेठ १८ गते शुक्रबार राति विद्यालय परिसरभित्रै रहेको टहरोमा ४ फिट गहिरो डेढ फिट लम्बाई र चौडाईको खाल्डो खनेर विशेष पूजा गरेका थिए । फुलमतीको परिवारसँग देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र शुक्रबार राति जबरजस्ती पूजा स्थलमा आफूलाई लगिएकोमा पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार देखेपछि फुलमती भागेर छिमेकीको घरमा पुगेकी थिइन । पीडित महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन ।

हेडमास्टर हरेन्द्रले भने लामो समयदेखि बिरामी रहेको आफ्नो श्रीमतीको पनि धामीले झारफुक गर्दा सञ्चो भएकाले फुलमतीलाई पनिल््याएको दाबी गरेका छन । तर, फुलमतीलाई यसबारे कुनै जानकारी थिएन । साथै, फुलमतीको परिवारसँग देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र शुक्रबार राति जबरजस्ती पूजा स्थलमा लगेकाले घटना शंकास्पद भएको छ ।

स्थानीयले खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय, समेरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले जानकारी दिए ।

जेठ १९ गते स्थानीय बसेर झै झगडा भन्दै घटनालााई गाउँमा नै मिलाउने प्रयास गरे । तर, घटनाबारे गाउँमा हल्ला फैलिएपछि हरेन्द्रले फुलकुमारीलाई यसका कारण विद्यालयमा असर पुगे ठीक नहुने भन्दै धम्याए । यसबारे फुलमतीले सोमबार ईलाका प्रहरी कार्यालय, सेमरीमा निवेदन समेत दिएकी छन ।

तर, प्रहरीले पनि घटनाको छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गरेर पठाएको छ । स्थानीय भद्र भलाद्मीको रोहवतरमा दुबै पक्षलाई बोलाएर आपसी झै झगडा नगर्ने र कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने सहमति जुटाइएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन । ‘मैले खबर पाउने वित्तिकै तत्काल प्रहरीलाई सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिइसकेको छु’, प्रजिअ लामिछानेले अनलाइनखबरसँग भने, ‘जहाँसम्म मानव बलीको कुरा छ, त्यसो भएको हो भने त्यो एकदमभ गम्भीर र आपत्तिजनक कुरा हो ।’ ओम हमाल

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्