मुख्य समाचार

रिक्त शिक्षक दरबन्दीको गाठो फुकाउन पहल

By थाहा अनलाइन

June 06, 2018

गोविन्द खड्का घोराही, २३ जेठ। बर्ष दिन अघि देखि रिक्त रहेका दरबन्दीमा शिक्षक पदपुर्तिका लागी संघ संगठनहरुले चासो देखाएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङले सोमवार शिक्षा विकास तथा समन्वय एकाई दाङका प्रमुख सूर्यराज घिमिरे संग घोराहीमा छलफल ग¥यो । नव आगन्तुक प्रमुख घिमिरेलाई अबस्थाको अबगत गराएको संगठनका जिल्ला अध्यक्ष हुकुमबहादुर बुढाथोकिले जानकारी दिनुभयो । संगठनका अध्यक्ष बुढाथोकि प्रधानाध्यापक रहेको जयशेर माध्यामिक विद्यालय रावत गाउ“ घोराहीमा गत शैक्षिक सत्रको भदौ तिन देखि एउटा दरवन्दि रिक्त छ । यसैगरी चैत एक गते अर्को दरबन्दि रिक्त भयो । ति दुईटै शिक्षकका भार थाम्ने नया“ शिक्षक आएन । अध्यक्ष बुढाथोकिका अनुसार एउटा पिरीयडको २० रुपैया ओटि दिएर अतिरिक्त शिक्षक पठाउने व्यवस्था गरीएको छ । अर्काको विषय पढाउन जाने शिक्षकले मेसै संग पाठ पढाउने कुरै हु“दैन ।

यहि जेठ २९ गते देखि शिक्षक राजकुमार थापा पनि अनिवार्य अवकासमा निष्कदै हुनुहुन्छ । यसरी तिन वटा दरबन्दि जयशेयर माविमा मात्रै रिक्त हुदैछन् । एउटा शिक्षकको मासिक ६ सय रुपैया ओटि दिनुपर्ने प्रअ बुढाथोकिको भनाई छ । त्यसो गर्ने श्रोत जुटाउन पनि मुश्किल हुन्छ । पढ्दै नपढेको विषयमा गत शैक्षिक सत्रमा विद्यार्थीले परिक्षा दिएर उत्तीर्ण गरेको छ । उनिहरुको गुणस्तरमा जति प्रश्न गरेपनि पुग्दैन । परिक्षा कसरी गरे भनेर सोधिएको प्रश्नमा प्रअ बुढाथोकिले जवाफ दिनुभयो ‘यस्तै तानतुन गरेर गरियो ।’ उहाले थप्नुभयो, ‘शिक्षक नहुदा खतम छ । जसरी हुन्छ छिटै शिक्षक दरबन्दि पदपुर्ति गर्ने बारे छलफल चलाएका छौ ।’

शिक्षकका नेताहरुले गर्दा दरबन्दि मिलान कार्य धरापमा परेको व्यापक हल्ला छ । त्यसले सामुदायिक बिद्यालयमा शिक्षक अभाव बनाएको नेतृत्वहरुमा आरोपछ । आफुले भने अनुकुलको ठाउमा नपाएपछि असन्तुष्टले गरेको हल्ला हो भन्नुहुन्छ, संगठनका पा“च नम्बर प्रदेश अध्यक्ष मदन कुमार शर्मा । उहाका अनुसार केहि रुपमा नेतृत्वका स्वार्थ जोडिएका हुन सक्छन् । शिक्षकका नेतकाहरुले मनमर्जी गरेर रोकिएको भने होईन । अहिले केन्द्रबाटै दरबन्दि मिलान प्रकृया रोकि सकेको छ । पुर्ववत रुपमा गर्नु भनेको छ । त्यो भनेको विद्यालयले करार नियुक्ती गर्ने हो । दरबन्दी मिलानको नआउने, करार नियुक्ती गर्न नदिने कारणले बाहुरे शिक्षक बाट पठन पाठन चलेको छ । उनिहरु पढाउदैनन् विद्यार्थी बाहिर आउन नदिन कक्षा कार्य दिन्छन् । जसको खाली पिरीयड छ उसैले जिम्मा लिन्छ यसको भन्ने नै हुदैन ।

त्यसरी नियुक्त गरेको शिक्षकलाई स्थानिय सरकारले तलव खुवाउनुपर्छ । त्यसका लागि पनि स्थानिय सरकारले शिफारीस दिनुपर्छ । धेरै स्थानिय सरकारले शिक्षक करार नियुक्तीको अनुमति दिन मानेका छैनन् । पहिलो त्रैमासिक परिक्षा आउनै लाग्दा पनि एक बर्ष अघि देखिका शिक्षकका रिक्त दरबन्दी पुरा हुन सकेका छैनन् । अघिल्लो बर्ष नपढेका विद्यार्थीले अहिले पनि शिक्षक पाएनन् । मावि भ्युडर सुनपुर तुलसीपुरका प्रअ रहनुभएका शर्माको विद्यालयमा एक बर्ष अघि देखि एउटा शिक्षक दरबन्दि रिक्त छ । खाली दरबन्दि पुर्ति नगरेपछि विद्यार्थीको पढाई डामाडोल हुने भएकाले स्थानिय सरकारले सिफारीस नरोक्दा हुन्छ ।

भर्खरै अभ्यासमा आएको संघिय संरचनाका कारण अलम देखिएको शिक्षक संगठनका नेताहरुले बताएका छन् । लामो समयको समस्या समाधान गरीदिन भर्खरै आउनुभएका ईकाई प्रमुख घिमीरे संग आग्रह गरेको संगठनका पा“च नम्बर प्रदेश ईन्चार्ज बसन्तराज अधिकारीले जानकारी दिनुभयो । एक बर्ष अघि देखि शिक्षक पद रिक्त हु“दा विद्यार्थी पढाई बाट बन्चित छन् । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य ज्योति प्रसाद चौधरी, सल्लाहकार मस्तबहादुर श्रेष्ठ लगाएतले सुझाव दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय, विद्यालयको पत्र र सम्वन्धित स्थानिय तहको सिफारीसमा शिक्षक करार नियुक्ती गर्ने व्यवस्था छ । स्थानिय सरकारहरुले सिफारीस दिन मानेका छैनन् । विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै चा“डै समस्या हल गर्न लागेको घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक भरतमणी अर्यालले बताउनुभयो । कार्यपालिकाको छलफलमा छौ“ । यो विषय तत्कालै टंग्याएर रिक्त दरबन्दि पुर्ति गछौ अर्यालले भन्नुभयो, सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने क्षेत्र बनाउने हो । उहाका अनुसार अरु विषयलाई छोडेरै भएपनि शिक्षाको विष्य टुंग्याउने योजना रहेको छ ।