कति महान प्रहरी महिला, जस्ले फोहोरको थुप्रोमा भेटिएको शिशुलाई स्तनपान गराईन् ।।



सैघाली खबर, २३ जेठ।
फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएपछि दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरीको सबैले प्रशंसा गरेका छन् । ‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो र बच्चालाई दूध चुसाएँ ।’ राजधानी बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि नजिकैका एक पसलेले प्रहरीलाई खबर गरेका थिए ।

शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् । महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । बीबीसीसँगको कुराकानीमा अर्चनाले आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

बच्चाको जीवन रक्षा गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् । प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए । शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्