होटल भित्र कामदारको रहस्यमय मृत्यु ।।



सैघाली खबर, २३ जेठ।
कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलका कामदारको रहस्यमय मृत्यु भएको छ । महेन्द्रनगर बसपार्कनजिक रहेको अपी होटलमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–३ आमचौराका भाष्कर सुवेदीको गएराति होटलमै सुतेको अवस्थामा रहस्यमय तरिकाले मृत्यु भएको हो ।

बेलुका काम सकेर काउन्टर नजिकको भुइँमा म्याट्रेस ओछ्याएर सुतेका सुवेदी बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवैतिरको ढोका बन्द गरी काउण्टरको पछाडिपट्टी सुवेदी सुतेको सीसीटीभीमा देखिएको प्रहरीले जनाएको छ । बिहान ४ बजे पाहुनाले ढोका खोल्दा नखुलेको र काउन्टरमा फोन गर्दासमेत नउठेपछि प्रहरीलाई खबर गरेका थिए । होटल संचालक कैलाश कार्कीले सुवेदी कुनै बिरामी नभएको र दिनभर काम गरेर सुतेको बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्